इटहरी: सुनसरीमा भारतीय गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार म
आज दिउँसो करिब १ः३० बजेतिर युपी १६ इके १९८९ नम्बरको भारतीय थार गाडीले प्रदेश १-०२००४ ह ४३१५ नम्बरको सिटी सफारीलाई ठक्करले दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो।
दुर्घटनामा रामधुनी नगरपालिका-९ मर्चैयाकी ३० वर्षीया सोनियाकुमारी चौधरीको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी र चालक भारत विहार सीतामढी सोनबरजा बस्ने ३४ वर्षीय अनिरुद्र सुडीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।










