कोशी ब्यारेज: सुनसरीको कोशी गाँउपालिका वडा नम्बर ७ हरिपुरबाट लागूऔषध गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। अस्थाई प्रहरी पोष्ट हरिपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००२ ख ०४१४ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा उक्त ट्रकमा ११ वटा बोरामा तीन सय ४० केजी गाँजा बरामद गरेको हो। गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न ट्रक चालक तत्काल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।







