सिलगढी: डीआरआईले करौडौ रुपियाँ बराबरको सुनको बिस्किटसहित दुइजनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले पक्राउ गरेका आरोपीहरु दक्षिण दिनाजपुर निवासी मृणाल अली मण्डल र चिन्टु घोष रहेका छन्। प्राप्त जानकारी अनुसार दक्षिण दिनाजपुरबाट एउटा वाहनमा सुनको बिस्कुट सिलगढीमा तस्करी गर्ने उद्देश्यले ल्याइरहेको आई- गोप्य सुइँको पाए। यसपछि डीआरआई-ले रायगञ्जको सिलगढी मोडमा अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा ४३ वटा सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। उद्धार गरेको सुनको बिस्कुटको ओजन ४ किलो ९८८ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य २ करोड़ ४७ लाख ५६ हजार रुपियाँ रहेको छ। डीआरआई – ले घटनामा २ जना तस्करलाई पक्राउ गरेको छ।











