सुनकोसीमा बेलिब्रीज जडान भएपछि खोटाङ संग यातायात सेवा सुचारु

IMG-20250111-WA0215

गाईघाट: उदयपुर र खोटाङ सिधा यातायात सेवा सुचारु भएको छ। फोक्सिङटारस्थित सुनकोशीमा बेलिबृज जडानको काम पुरा भए पछी सनिवार देखि यातायातका साधन खुला गरिएको हो।
बिहान ९.३० बजे गाईघाट – दिक्तेल सडक योजनाको गाडी बेलिबृज मार्फत खोटाङ तर्फ लगेर सार्बजनिक सेवाका गाडीहरु खुला गरिएको योजना प्रमुख डिई पशुपति ज्ञवालीले बताए। आज देखि सार्बजनिक यातायात खुला गरिएको छ, हिजो बेलिबृज जडानको काम पूरा भए पछी खोटाङ सङ्को यातायात सेवा सुचारु गरिएको उनले भने। अब यातायातका साधन बेलिबृज मार्फत सिधै खोटाङ तर्फ चल्ने उनले बताए।
बेलिबृज सन्चालनमा आए संगै बिहान करिब ५० वटा सार्बजनिक सवारीका साधनहरु खोटाङ र उदयपुर तर्फ छुटेका छ्न्।
१ सय २० मिटर लामो आर्क डिजाइनको पक्की पुल गत असोजमा आएको बाढीले बगाए पछी खोटाङ सङ्को यातायात सेवा बन्द भएको थियो। सिधा यातायात सेवा सुचारु गर्न योजना कार्यालयले ५० मिटर लामो बेलिब्रीज जडान गरेको हो। १ करोड २९ लाख ४६ हजार ७७ रुपैयाको लागतमा आरएन कन्ट्रक्सनले दिसम्बरको तेस्रो साता देखि निर्माण कार्य सुरु गरेको डिई ज्ञवालीले बताए। २०२२ सालमा सन्चालनमा आएको पक्की पुल बाढीले बगाएकोले तत्काल यातायात सेवा सुचारु गर्न बैकल्पिक ब्यबस्थाको लागि कोशीमा बेलिब्रीज निर्माण गरिएको योजना कार्यालयले जनाएको छ।

About Author

Advertisement