सुनका बिस्कुटहरूसितै एकजना पक्राउ

photocollage_202283213228412.jpg

सिलगढी: आज डीआरआई-ले सिलगढीबाट एकजना तस्करलाई सुनका बिस्कुटहरूसितै पक्राउ गरेको छ। इन्डो- बङ्ग्लादेश बार्डरको बाटो भएर सुनको तस्करी गर्ने योजना बनाएर कुचबिहारबाट सिलगढ़ी हुँदै बिहारमा सुन तस्करी गर्न अइरहेको थियो। डीआरआई सिलगढ़ीको रेगुलेटेड मार्केट छेउबाट गत राति लाखों रूपियाँको सुनका बिस्कुटहरूसितै मुकेश कुमारलाई पक्राउ गरेको छ। तिनी बिहारको कृपय निवासी रहेको बताइएको छ। डीआरआई-ले आरोपी मुकेश कुमारलाई गैरकानूनी रूपमा सुनको तस्करी गरेको आरोपमा कस्टम एक्ट अन्तर्गत मामला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्यो।

About Author

Advertisement