सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः दार्जीलिङ पुलिसको विजयाभियान जारी

IMG-20230710-WA0236.jpg

१० जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा दार्जीलिङ पुलिसले आफ्नो विजयाभियान जारी राख्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा सोमवार खेलिएको म्याचमा दार्जीलिङ पुलिसले सिंगतोम युनाइटेड फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो। ग्रुप ई-को यस म्याचमा विजेता टीमबाट दिवस तामाङ, वांगचुक तामाङ र मनीष सुब्बाले गोल गरे। यसरी नै सिंगतोम युनाइटेड एफसी-बाट प्रथम मुखियाले गोल गरे। यस म्याचमा रेफरीको भूमिकामा छेडुप यल्मो रहेका थिए।

यसरी सहायक रेफरीको भूमिकामा रेमण्ड तामाङ र उज्ज्वल राई थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement