१७ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको आयोजनमा सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग शुक्रवारदेखि शुरु भयो। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। दार्जीलिङको लेबोंग स्टेडियममा लीगको पहिलो दिन दुईवटा म्याच खेलियो।

ग्रुप ए-बाट माउण्ट हर्मोन बोइज क्लब र युनाइटेड ब्रदर्स भेटरन्स एफसी-बीच खेलिएको दिनको पहिलो म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यसरी नै ग्रुप बी-को म्याचमा बड़ा काक झोड़ा युनाइटेड क्लबले ल्याण्ड रिफर्म्स एकादशलाई ५-१-ले पराजित गऱ्यो।









