सुदर्शन अम्बटेद्वारा अनुदित भारतीय बालकथाहरू-को विमोचन

IMG-20221130-WA0217.jpg

खरसाङ: सुदर्शन अम्बटेद्वारा अनुवादित कृति ‘भारतीय बाल कथाहरू भाग-एक’ को विधिवत विमोचन गरियो। खरसाङको अम्बटे चियाबारीस्थित नालन्दा निकेतन शैक्षिक संस्थानको शिक्षकावृन्दद्वारा संस्थाकै हलमा पाठशालाका विद्धार्थीहरूको उपस्थितिमा उक्त कृतिको विमोचन गरियो। साहित्य अकादमी दिल्लीद्वारा प्रकाशित उक्त सङ्ग्रहमा भारतीय भाषाका चौधवटा प्रतिनिधि कथाहरू सामेल छन्। जसमध्ये, असमिया, बंगला, डोगरी, हिन्दी, गुजराती औ अङ्ग्रेजी भाषाका चौधवटा कथाहरू समावेश छन्। जसलाई अघिबाटै हरिकृष्ण देवसरेद्वारा हिन्दीमा सम्पादन गरिएको थियो। बाल मनोवैज्ञानिक परिपाटीमा आधारित कथाहरू हुनुको कारणले नै बाल विद्यार्थीहरूको उपस्थितिमा विमोचन गरिएकोमा शिक्षकहरूद्वारा सादर आभार व्यक्त गरियो। उक्त सङ्कलनभित्रका कुनै पनि कथाले बाल मस्तिष्कमा सकारात्मक प्रभाव पार्न सक्षम छ भनी अनुवादकले विश्वास जाहेर गरेका छन्। स्मरण रहोस् सुदर्शन अम्बटेको यो अनुचित बाल कथा संग्रह सातौं कृतिमा हो। यस अघि उनको ‘पृथ्वी कस्तो छ?’ ‘अज्माई हेर्नुस!’ ‘ज्ञान सरोवर’ ‘झ्याउकिरी र जुनकिरी’ ‘मासु मीठो कि मसला?’ ‘दाम चै आफै जोड़नोस्!’ प्रकाशित भाई सकैका छन्। ती मध्ये बाल कविता संग्रह “झ्याउकिरी र जुनकिरी” लाई सन् २०२१ को बाल साहित्य अकादमी पुरस्कार पनि प्राप्त भएको थियो।

About Author

Advertisement