सुखे मानेभञ्जाङ समष्टीमा कुल ३२ करोड लागत बराबरको योजनाको शिलान्यास

IMG-20240216-WA0226.jpg

हामी गाली गर्नु मात्र जान्दछौं तर धन्यवादी बन्नु सक्नुपर्छ: अनित थापा

दार्जीलिङ: मानेभञ्ज्याङमा आयोजित शिलान्यास कार्यक्रमको सम्बोधनमा अनित थापाले टिस्टा त्रासदीमाथि मिडियामा उठिरहेको प्रश्नहरूमाथि बोल्दै भने, “चम्काउने मान्छेले आफैलाई सोध्नु कि टिस्टा आपदा हुँदा म कहाँ थिए भनेर। मैले चाहिँ पीडितको निम्ति के गरे भनेर राति सुत्ने बेलामा सोच्नुपर्छ। अर्काले चम्कायो भन्दैमा ट्याउँ ट्याउँ कराउनु हुँदैन।”
आपदाको समय आफूहरुले गरेको कार्य मानवताको हिसाबले गरेको भन्दै उनले भने, “जुन बेला टिस्टामा त्रासदी भएको थियो, त्यहाँको मानिसको मनोबल बढाउन जति पनि कार्य गरे एक मानवताको हिसाबले गरेको थिए। त्रासदीबाट मानिसलाई हामीले बाहिर निकाल्न सफल बन्यौं। बेघर भएकाहरुलाई किरायाको घरमा किराया तिरेर राखेका छौं। सभासद् अनि अन्यको सहयोगमा हामीले पिडितहरुलाई सहयोग पुर्याएका छौं।”
पीडितहरुको निम्ति के के हुँदैछ त्यसको विवरण दिँदै थापाले भने, “टिस्टाका पीडितहरूले क्षतिपूर्तिको माग राखेका थिए। क्षतिपूर्ति दिलाउने प्रक्रिया चलिरहेको छ। कतिपय पीडितहरू सामूहिक केन्द्रमा छन्। उनीहरूको निम्ति शौचालय, पानी आदिको व्यवस्था गरिदिएका छौं। एकैचोटि सबै कुरा फत्ते हुँदैन। जमीनको प्रक्रिया चल्दैछ। जमीन आवन्टन भएपछि घर निर्माण हुनेछ।”
सुखिया मानेभञ्जाङ समष्टिमा कुल ३२ करोडको योजनाको शिलान्यास जीटीए चिफ् अनित थापाले मानेभञ्जाङमा आयोजित एक कार्यक्रम गरे।
मानेभञ्ज्याङ सडक योजना विषयमाथि बोल्दै थापाले भने, “मानेभञ्ज्याङको सडक विषय यहाँको नेतृत्वहरू अनि सभासदले जनताको आक्रोश खप्नु परेको थियो। बाटो राम्रो बनाउन धेरै ठूलो रकमको जरूरत थियो। टालटुले काम गरियो यो बाटो माथि। तर यस बाटोको समाधान के चाहिँ हुने भनेर हामीले खोज्दा, यो बाटोको काम पिड्बलुडी लाई जिम्मा लगाउनु सक्यौं भने उनीहरुले यसको समाधान निकाल्ने छन्। त्यसै अनुसार हामीले विभागका मन्त्री सँग बातचीत शुरू गर्यौ। माननीय मुख्यमन्त्री समक्ष पनि कुरा राख्यौं। विभागका ईन्जिनियरहरू सँग पनि विचार विमर्श भयाे। आज सबैको प्रयासको कारण यो बाटो बनिने भएको छ। म माननीय मुख्यमन्त्री ममता बनर्जी लाई धन्यवाद दिनु चाहन्छु। जुन सरकारले हामीलाई केही दिदैछ हामी उहाँ प्रति धन्यवादी बन्नु सक्नु पर्छ। हामी गाली गर्नु मात्र जान्दछौ। धन्यवादी बन्नु सक्नु पर्छ।”
आज शिलान्यास गरिएको योजनाहरुको विवरण अन्तर्गत सुखे पोखरीदेखि मानेभञ्जाङसम्म पुग्ने ६.८० किलो मिटर दूरीको सडक मरमत्ति कार्य १३.७२ करोड, राङ्भाङ ग्रापमा परमेन फरेस्ट प्राइमरी स्कुलदेखि स्वर्गीय पासाङ शेर्पा घरसम्मको जीपयोग्य सडक निर्माण १.८३ करोड, घूम खासमहल ग्राम पञ्चायतमा पीएमजीएसवाईको योजना अन्तर्गत पुसुङबुङ फाटकदेखि टुङसुङ टीईसम्म पुग्ने बाटो निर्माण ६.१९ करोड, राज्य राजमार्ग १२ देखि मानेभञ्जाङ सुखे सिमाना ग्राम पञ्चायतसम्मको सडक मरमत्ति ८५.६५ लाख, पुलुङदुङ ग्राम पञ्चायत अन्तर्गत सुवास विष्टको घरदेखि रियाङ वाटर फल्ससम्मको सडक निर्माण १.५५ करोड, पुलुङडुङ ग्राम पञ्चायत अन्तर्गत ग्राम पञ्चायत कार्यालयदेखि तल्लो बिजुवा गाउँसम्मको सडक मरमत्तिको २.२७ करोड, घूम खासमहल ग्राम पञ्चायत अन्तर्गत पुसुङबाङ रोडदेखि मिन्जु गाउँसम्म बिटुमिनस कार्य रु. २.५३ करोड, रंगभाङ गोपाल धारा ग्राम पञ्चायत अन्तर्गत मिरिक एसएच १२ सियोक फाटकदेखि एसएसके स्कूल (२६ नम्बर परमान्त गाउँ) सम्म सडक निर्माण ७१.९२ लाख, घुम खासमहल ग्राम पञ्चायत अन्तर्गत तुङसुङ पीएमजीवायए(PMGYS) सडकदेखि पुबोङ कारखाना हुँदै पुलसम्म ०.८०० किलोमिटर दूरीको सडक निर्माण रुपियाँ ९३.११ लाख बराबरको रहेको छ। सडक निर्माण योजनाको कुल लागत ३०.९२ करोड रहने छ।

त्यसरी नै लघु सिंचाई योजना अन्तर्गत निम्न स्थानहरूमा योजना कार्यान्यवन गरिनेछ। त्यसरी नै राङभाङ गोपालधारा ग्राम पञ्चायत अन्तर्गत देवी स्थान लामा डाँडामा रू ३४.४५ लाख, पुलुङदुङ ग्राम पञ्चायत अन्तर्गत पुलुन्डुङ गैरी गाउँमा रू ३८.१५ लाख, राङभाङ गोपालधारा ग्राम पञ्चायत अन्तर्गत माथिल्लो लामाधुराको इन्द्रसिँह झोडामा रु. ११.७० लाख, रंगित मजुआ ग्राम पञ्चायतभित्र कोपि डाँडामा १७.२८ लाख, राङभाङ गोपालधारा ग्राम पञ्चायत अन्तर्गत माथिल्लो माजुवा बस्तीमा रू १६.७० लाख र लघु सिंचाई योजनाको कुल लागत रु १.१८ करोडको रहनेछ।
सुखे सिमाना ग्राम पञ्चायत अन्तर्गत माने, मानेभञ्जाङमा १७ लाखको लागतमा सामुदायिक हलको निर्माण पनि हुनेछ।

About Author

Advertisement