सुखानी पुललाई जोड्ने सडक नदीको पानीमा भास्सिए

IMG_20220615_160418.png

जलपाइगढी। रातभरि परेको पानीले डुवर्सको नगरकट्टा ब्लकको सुखानी नदीको जल स्तर बढेपछि सुखानी पुललाई जोड्ने सडक नदीको पानीमा भास्सिएपछि आज बिहानैदेखि मनमोहन धुरासित नगरकट्टाको सम्पर्क विच्छिन्न बनेको छ। यसले गर्दा इलाकाको मानिसहरूले निक्कै असुविधाको सामना गर्न परिरहेका छन्। स्मरण रहोस, गत ३ वर्षअघि यस नदीमा बनिएको पुलको एउटा अंश भत्किए तापनि यसको मरम्मति गरिएको थिए। प्रशासनको तर्फबाट केवल यसलाई जोड्ने सडक मात्र बनाएको थियो। यसैले गत राति परेको अत्याधिक वर्षाले गर्दा नदीको जल स्तर बढेपछि उक्त सडक नदीमा भास्सिँदा मनमोहन धुरासित नगरकट्टाको सम्पर्क विच्छिन्न बनेकोले इलाकाका मानिसहरूले समस्याको सामना गर्न परिरहेका छन्।

About Author

Advertisement