उदयपुर(गाईघाट): सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी-घुर्मी सडक अवरुद्ध भएको छ।
आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका-१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल बजगाईंले ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको बताए।








