सुकेपोखरीको विभिन्न ठाउँहरुमा भगवान बुद्धको जन्मजयन्ती पालन

Sukepokhari

सुकेपोखरी: सुकेपोखरीको विभिन्न ठाउँहरु सुकेपोखरी माझीधुरा मनी छ्योलिङ गुम्बा, प्लुङ्दुङ गुम्बा अनि उर्गेन दिछेन छ्योकरलिङ गुम्बा  चामोङ गोठ गाउँमा भव्यताका साथ भगवान बुद्धको २५६७वाँ जन्मजयन्ती पालन गरियो। गुम्बाको ठूलो धर्मगरु अगुवाईमा लामा लोपेनहरू द्वारा बुम स्योलक, दोमाङ्ग पाठ गरि विधिवत रूपमा पूजाअर्चना गरियो। सम्पूर्ण गाउँ छिमेकको अनि गुम्बा समितिको तत्परतामा गरिएको जन्मजयन्तीमा बिहान साङ्ग सेरगेम ,डोल्मा पाठ गरिसके पछि छ्योकर (पोस्तक भ्रमण)गाउँघर वरिपरि परिभ्रमण गराइयो अनि लामा मेमेहरूको बाहुलीबाट भक्तजनहरूमा वाङ्ग (आशीष), छो (प्रसाद) वितरण गरियो। आज बुद्ध जयन्तीबारे माझीधुरा गुम्बा सुकेपोखरी प्रमुख दावा कर्म शेर्पा (लामा) ले जानकारी गराउंदै सबैलाई आभार प्रकट गरेका छन्।- लाक्पा छिरिङ शेर्पा (सुकेपोखरी)

About Author

Advertisement