सुकुनामा शिक्षाबारे मार्गदर्शन गराउँदै डा. कमल भुजेल

00-1-IMG-20230506-WA0218

सुकुना: गत १ मईको दिन  केएफसी सिलगढीको पहलमा  सुकुना गेम्स एण्ड स्पोर्टस भवनमा गरिएको शिक्षाबारे जागरुक एवं मार्गदर्शनको उपलब्धिस्वरुप ६ मईदेखि दिलाराम चिया बगान निवासी डा. कमल भुजेलले सुकुना गेम्स एण्ड स्पोर्टस एसोसिएसन भवनमा सुकुनाका आठौं श्रेणीदेखि माथिका इच्छुक विध्यार्थीहरुलाई बेलुकी ३ बजेदेखि ४ बजेसम्म हिसाबको नि:शुल्क ट्युसन पढाउन शुरु गरेका छन्l डा. कमल भुजेलले विपन्न परिवारका मेघावी सुकुना गेम्स एण्ड स्पोर्टस एसोसिएसनका महासचिव सुरेन प्रधानले बताएका छन्l डा. कलम भुजेलले ६ मईदेखि सुकुनामा पनि सातामा एक दिन अर्थात शनिबार एक घण्टाको निम्ति हिसाब पढाउन थालेका छन्। सुरेन प्रधानले भने, ‘आजको समाजमा यसरी नानीहरूको निम्ति सोचेर आफ्नो समय खर्चेर नि:शुल्क पढाउने मान्छे पाउन गाह्रो छl’

सुकुना नारी कल्याण संगठनकी कर्मठ कार्यकर्ता श्रीमती अनुरा खवास प्रधानको विशेष सहयोग रहेको थियो भने सुकुना ग्राम वेल्फेयर समिति र सुकुना ग्रामिण महिला समितिको पनि सहयोग रहेको थियो। सुरेन प्रधानसँग बातचित पछि उनकै सुझावमा बडा पुमोङ चिया बारी गैरी धुरा निवासी सुमन गुरुङ र श्रीमती परिना प्रधान आफ्नो छोरालाई स्टेफन गुरुङलाई लिएर सुकुना आइपुगेको थिए। स्टेफन गुरुङले हालैमा उच्चतर  माध्यमिक परीक्षा दिएपछि अब कुन बिषय लिएर पढ्ने भन्ने बारेमा डा. कमल भुजेलसित परामर्श लिन उनीहरू आइपुगेका थिए। यस कार्यक्रममा अतिथिको रुपमा गैरीवास बास हायर सेकेन्डेरी स्कूलका प्रधानअध्यापक पदम सुवेदी पनि उपस्थित थिए। शनिबार डा. कमल भुजेलले करिब डेढ घण्टा पडाए भने अब आउँदो शनिबार १३ मइको दिन पनि फेरि ३ देखि ४ बजेसम्म यस्तै ट्युसन डा. कमल भुजेलले पढाउने छन्।

About Author

Advertisement