८ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा सुकिया डिग्री कलेजले प्री-क्वार्टर फाइनलमा स्थान बनायो । माझीधुरा खेल मैदानमा मंगलवार खेलिएको म्याचमा सुकिया डिग्री कलेजले सिंगसा सुकिया युथ क्लब (किदुक)-लाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट राजीव राईले २ गरे। यसबाहेक रिन्छेन शेर्पा र प्रज्वल शर्माले १-१ गोल गरे। यसरी नै सिंगसा सुकिया युथ क्लबबाट मयंग तामाङले २ गोल गरे। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











