सुकन्या समृद्धि योजनाले बालिकाहरूको भविष्य सुरक्षित गर्छः राज्यपाल

Untitled-1-copy-49

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज सिक्किमका पोस्टमास्टर जनरल कर्नल अखिलेश कुमार पाण्डेयको अगुवाईमा उनको टोलीले शिष्टाचार भेट गरे। यस अवधि उनले राज्यपाललाई राज्यमा सुकन्या समृद्धि योजनाको स्थितिको बारेमा अवगत गराए।उनले यस योजनाबाट बालिकाहरूलाई हुने लाभको बारेमा पनि जानकारी दिए। यस योजनाको लाभ राज्यका सुदूर क्षेत्रका मानिसहरूले पनि उठाइरहेका छन्।

राज्यपालले योजनालाई अति महत्वपूर्ण बताउॅंदै सिक्किममा यो योजनालाई पूर्ण रूपमा लागू गर्नका लागि राज्यका सुदूर क्षेत्रहरूमा यसको पहुॅंच सुनिश्चित गरिनु आवश्यक रहेको बताए। उनले भने, यो महत्वपूर्ण योजनाले छोरीहरूको भविष्यलाई सुरक्षित गर्छ। यो योजना उनीहरूको खुशीको दिशामा बढ्दो कदम हो। बालिकाहरूको कल्याणको निम्ति यस योजनालाई ग्रामीण क्षेत्रसम्म पुऱ्याउनु सबैको सामूहिक जिम्मेवारी हो।

About Author

Advertisement