सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित नारायणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा दार्जीलिङ पुलिसले सजिलैसँग सेमिफाइनलमा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा बुधवार भएको एकतर्फी चौथो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिसले थिम्पु फूटबल क्लब (भूटान)-विरुद्ध ६-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पंकज थापा (छैटौं र ६०औं मिनट) र प्रशान्त राई (२२औं र ७३औं मिनट)-ले २-२ गोल गरे। यसबाहेक निवास राणाले ५४औं र मनीष सुब्बाले ७०औं मिनटमा गोल गरे। पंकज थापालाई प्लेयर अव् द म्याच चयन गरियो। बिहीवार खेलिने टुर्नामेण्टको पहिलो सेमिफाइनल म्याचमा लीजेण्ड्स फूटबल क्लब र तरञ्जुबारी फूटबल क्लबबीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल म्याच शुक्रवार दार्जीलिङ पुलिस र गत संस्करणको च्याम्पियन रोलिंग क्लब धुलाबारी (नेपाल) बीच खेलिनेछ। फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











