सुकना गोल्ड कपः सजिलै क्वार्टर फाइनलमा पुग्यो केएफसी

photocollage_2026115225948723

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले सजिलैसँग क्वार्टर फाइनलमा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा बिहीवार भएको दोस्रो प्री-क्वार्टर फाइनल म्याचमा केएफसी-ले जलपाइगढ़ी पुलिसविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट मनु सौरियाले २ गोल गरे। उनले ५१औं मिनट र इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे। यसबाहेक सेमुएल हल्दारले मध्यान्तर अघि इञ्ज्युरी टाइमको पहिलो मिनट अनि प्रणेश प्रधानले ५८औं मिनटमा गोल गरे। यसरी जलपाइगढ़ी पुलिसको तर्फबाट रुबेल मोहम्मदले ७८औं मिनटमा गोल गरे । विजेता टीमका प्रणेश प्रधालाई प्लेयर अव् द म्याच चयन गरियो। शुक्रवार खेलिने तेस्रो प्री-क्वार्टर फाइनल म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र लीजेण्ड्स फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement