सुकना गोल्ड कपः लीजेण्ड्स फूटबल क्लब च्याम्पियन

IMG-20260125-WA0084

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित नारायणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा लीजेण्ड्स फूटबल क्लब, सिलगढ़ी (Siliguri) च्याम्पियन भयो। हजारौंको संख्यामा दर्शकहरूका उपस्थितिबीच सुकना हाई स्कूल खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा लीजेण्ड्स फूटबल क्लबले गत संस्करणको च्याम्पियन रोलिंग क्लब विरुद्ध १–०–ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट म्याचको एकमात्र गोल बिष्णुले ७८औं मिनटमा गरे। रोलिंग क्लब धुलाबारीले दोस्रो हाफको खेलमा लगातार प्रयास गरे पनि गोल गर्न सकेन। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। माहबर्ट हाई स्कूलका निर्देशक चार्ल्स माहबर्ट सुब्बाको अध्यक्षतामा भएको फाइनलमा मुख्य अतिथिको रूपमा अनित थापा (मुख्य कार्यपाल, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन)-को उपस्थिति रहेको थियो।
संक्षिप्तमाः नारायणा १९औं सुकना गोल्ड कप
च्याम्पियनः लीजेण्ड्स एफसी
रनरअपः रोलिंग क्लब धुलाबारी (नेपाल)
प्लेयर अव् द म्याचः राजेश दहाल (रोलिंग क्लब धुलाबारी)
बेष्ट डिफेण्डरः आकाश प्रधान (लीजेण्ड्स एफसी)
बेष्ट स्ट्राईकरः बिष्णु (लीजेण्ड्स एफसी)
हाईएस्ट स्कोररः जोसेफ (लीजेण्ड्स एफसी)
बेष्ट गोलकीपरः सचिन झा (लीजेण्ड्स एफसी)
प्लेयर अव् द टुर्नामेण्टः विक्टर (लीजेण्ड्स एफसी)
फेयर प्ले ट्रफीः तरञ्जुबारी एफसी

About Author

Advertisement