सुकना गोल्ड कपः यूकेएफसी-को रोमाञ्चक जीत

photocollage_202611393157312

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा सोमवार भएको म्याचमा यूकेएफसी-ले सिलगढ़ी युनाइटेड फूटबल क्लबविरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट जेवियर बांग्राले ४९औं मिनटमा गोल गरे। जेवियर बांग्रालाई प्लेयर अव् द म्याच चयन गरियो। मंगलवार खेलिने म्याचमा सुकना युनाइटेड फूटबल क्लब र दार्जीलिङ पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement