सुकना गोल्ड कपः दार्जीलिङ पुलिसको रोमाञ्चक जीत

photocollage_202611813818134

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा दार्जीलिङ पुलिसले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा शनिवार भएको अन्तिम प्री-क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिसले डीएसएम पत्थरघट्टाविरुद्ध १–०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल मनीष सुब्बाले ७५औं मिनटमा गोल गरे। मनीष सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। आइतवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा तरञ्जुबारी फूटबल क्लब र बेलबारी फूटबल क्लब (नेपाल)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement