सुकना गोल्ड कपः तरञ्जुबारी फूटबल क्लब सेमिफाइनलमा पुग्न सफल

IMG_20260119_002121

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा तरञ्जुबारी फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा आइतवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा तरञ्जुबारी फूटबल क्लबले बेलबारी फूटबल क्लब (नेपाल)-विरुद्ध ३-२ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट बक्सर प्रधानले १२औं, आर सुन्दासले १४औं र राजा छेत्रीले २७औं मिनटमा गोल गरे। यसरी बेलबारी एफसी-को तर्फबाट युगेन राईले १०औं र सुरज राउतले ८९औं मिनटमा गोल गरे। आर सुन्दासलाई प्लेयर अव् द म्याच चयन गरियो। सोमवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र गत विजेता रोलिंग फूटबल क्लब (नेपाल)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement