सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा तरञ्जुबारी फूटबल क्लबले एकतर्फी जीत हासिल गरी प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा शुक्रवार भएको म्याचमा तरञ्जुबारी एफसी-ले कनकाई स्पोर्टिंग क्लब (नेपाल)-विरुद्ध ५–२ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट रेवोन सुन्दासले ५३औं र ६४औं मिनटमा २ गोल गरे। यसबाहेक राजा छेत्रीले तेस्रो मिनट, मिराक लिम्बुले ६२औं मिनट र बिकु थापाले ७८औं मिनटमा गोल गरे। यसरी कनकाई स्पोर्टिंग क्लबको तर्फबाट दिपेश श्रेष्ठले ३२औं र बाचन लिम्बुले ६७औं मिनटमा गोल गरे। विजेता टीमका रेवोन सुन्दासलाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार खेलिने म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र सिनाल्चु नाम्ची (सिक्किम)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









