सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा जलपाइगढ़ी पुलिसले रोमाञ्चक जीत हासिल गऱ्यो। सुकना हाई स्कूल खेल मैदानमा मंगलवार भएको म्याचमा जलपाइगढ़ी पुलिसले २/११ जीआर (गोर्खा राइफल्स)-विरुद्ध पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गऱ्यो। निर्धारित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। निर्धारित समयको खेलमा २/११ जीआर-को तर्फबाट सकुल राईले ११औं र सुनिल तामाङले ५६औं मिनटमा गोल गरे। यसरी जलपाइगढ़ी पुलिसको तर्फबाट शुभंकर रोयले २५औं र रोहित थापाले ५१औं मिनटमा गोल गरे। विजेता टीमका शुभंकर रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। २/११ जीआर-का गोलकीपरलाई पहिलो हाफको खेलमा रेड कार्ड देखाइयो। बुधवार खेलिने म्याचमा जर्जियन फूटबल क्लब र लिजेण्ड्स फूटबल क्लबबीच जम्काभेट हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










