सुकना गोल्ड कपः गत विजेता रोलिंग क्लब धुलाबारी (नेपाल) फाइनलमा पुग्न सफल

photocollage_202612322539764

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित नारायणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा रोलिंग क्लब धुलाबारी (नेपाल)-ले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा शुक्रवार भएको दोस्रो सेमिफाइनल म्याचमा गत संस्करणको च्याम्पियन रोलिंग क्लबले दार्जीलिङ पुलिसविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट म्याचको एकमात्र गोल राजेश दहालले ६८औं मिनटमा गरे। दार्जीलिङ पुलिसको टीमले लगातार प्रयास गरे पनि गोल गर्न सकेन। विजेता टीमका गोलकीपर सन्दीप लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार (२५ जनवरी) खेलिने टुर्नामेण्टको फाइनल म्याचमा रोलिंग क्लब धुलाबारी (नेपाल) र लीजेण्ड्स फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement