सुकना गोल्ड कपः कञ्चनजंघा एफसी सजिलै प्री-क्वार्टर फाइनलमा

photocollage_2026110223332395

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले सजिलै प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा शनिवार भएको म्याचमा कञ्चनजंघा एफसी-ले सिनाल्चु फूटबल क्लब, नाम्ची (सिक्किम)-विरुद्ध ६-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रणेश प्रधानले तेस्रो, सेमुएल हल्दारले ५४औं, मनु सौरियाले ६७औं, अनिश राईले ८५औं, कुणाल गुरुङले ८९औं र अभिषेक उरावँले ९०औं मिनटमा गोल गरे। विजेता टीमका मनु सौरियालाई प्लेयर अव् द म्याच चयन गरियो। सोमवार खेलिने म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र सिलगढ़ी युनाइटेड फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement