सुकना खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका विभिन्न समस्याहरूलाई लिएर विद्यार्थी महासंघद्वारा ज्ञापन

IMG-20250813-WA0085

खरसाङ: सुकना खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका विभिन्न समस्याहरूमध्ये रोगी वाहन (चालकसहित) अनि डिजिटल एक्स-रे मशीनको समस्या यथाशीघ्र समाधान गरिनुपर्ने माग गर्दै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ ,सुकना ब्लक कमिटीको तर्फबाट सुकना खण्ड स्वास्थ्य अधिकारी डा. चित्रलेखा सरकारलाई एउटा ज्ञापन सुम्पेका छन्। डा. चित्रलेखाले पनि यी समस्याहरू दीर्घ दिनदेखि यस अस्पतालले भोगिरहेको बताउँदै यसको समाधान गरिन सके रोगीहरूलाई अझ सुविधा हुने बताईन्। यस ज्ञापनलाई विभागको तर्फबाट मेल गरेर सम्बन्धित निकाय समक्ष पठाउने पनि उनले जनाइन्। सुकना खण्ड स्वास्थ्य अधिकारीसँगको भेटघाटको अवधि उनले अस्पतालका अन्य विभिन्न समस्याहरूबारे पनि प्रतिनिधि टोलीलाई अवगत गराइन्।यसबारे पनि विद्यार्थी महासंघले आवश्यकीय पाईला चाल्ने संघका सुकना ब्लक अध्यक्ष किरण राईले जनाएका छन्।
यस प्रतिनिधि टोलीमा महासंघका केन्द्रीय सहसचिव सागर शर्मा, केन्द्रीय समिति सदस्यद्वय विवेक भण्डारी, लेखनाथ गिरी, सुकना ब्लकका अध्यक्ष किरण राई, उप सभापति अविनाश मंगर लगायत कार्यकारी सचिव विकास तामाङ रहेका थिए।

About Author

Advertisement