सुकनामा आठौं राष्ट्रीय आयुर्वेदा दिवस समारोह सम्पन्न

IMG-20231123-WA0278.jpg

सुकनामा दुई तल्ले अस्पताल बनिनेछ: सभासद अरूण सिंग्ची

तीनधारे: जीटीएको स्वास्थ्य विभाग अन्तर्गत सुकना खण्ड स्वास्थ्य केन्द्रमा आठौं राष्ट्रीय आयुर्वेदा दिवस समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीएको स्वास्थ्य विभागीय कार्यकारी सभासद अरूण सिंग्ची उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा एमओडी सभासदद्वय नवराज छेत्री र परेस तिर्की, खरसाङ खण्ड पञ्चायत समितिको उप सभापति नारायण थापा उपस्थित थिए। त्यसरी नै सीएमओएच दार्जिलिङ डा तुलसी प्रमाणिक, डीएमओएच (आयुस) दार्जिलिङ डा. पार्थ प्रतिम पाल पनि उपस्थित रहेका थिए। कार्यक्रममा सुकना ब्लकको बीएमओएच डा चित्र लेखा सरदारले स्वागत सम्भाषण राखेकी थिइन्। कार्यक्रममा स्वास्थ्यकर्मीहरूद्वारा विभिन्न सचेतना कार्यक्रमहरू आयोजना गरिएको थियो। यसपाली आठौं राष्ट्रिय आयुर्वेदा दिवसको थिम आयुर्वेदा स्वास्थ्यको लागि, आयुर्वेदा सबैको लागि प्रत्येक दिन’ रहेको छ।

कार्यक्रममा मुख्य अतिथि जीटीएको स्वास्थ्य विभागको कार्यकारी सभासद अरूण सिंग्चीले आफ्नो सम्बोधनमा आयुष विषयमा सुकना खण्ड स्वास्थ्य केन्द्रले राम्रो पहल गरेको बताउँदै यो पहल प्रत्येक गाउँतिर हुनु पर्ने र यसको लागि प्रचार प्रसार गर्नलाई आशाकर्मीहरूको सहयोग लिनु पर्ने बताएका छन्। उनले अबदेखि अस्पतालमा सिस्टरहरूको भरमा अस्पताल छोडेर बाहिर गएको खण्डमा जाक्टरहरूको वेतन होल्ड गरिने कड़ा निर्देशन दिन्दै अब मनोपली नचल्ने भनी बताएका छन्। जीटीएको स्वास्थ्य विभागको कार्यकारी सभासद अरूण सिंग्चीले सुकना खण्ड स्वास्थ्य केन्द्रको लागि खुशीको कुरा रहेको र सम्भावत: सुकनामा दुई तल्ले बिल्डिङको अस्पताल निर्माण गरिने घोषणा गरे। उनले सुकना अस्पताल जीटीए क्षेत्रको लागि मात्रै होइन तर जीटीए क्षेत्रबाहिरकाहरूले पनि यसको लाभ उठाईरहेको बताए। सिंग्चीले अब कालेबुङ जिल्लाको लागि आयुष अस्पताल पाउने बताउँदै दार्जिलिङमा जमीन नपाएकोले अहिलेसम्म तय नभएको बताए।

उनले आफ्नो पक्षबाट कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको बताउँदै हामीले एका अर्काको खुट्टा तान्नु हुँदैन अनि गल्ती सबैबाट हुन्छ तर गल्ती स्वीकार गर्नु ठूलो कुरा हो भनी बताए। कार्यक्रममा सभासदहरू नवराज छेत्री र परेस तिर्कीले पनि वक्तव्य राखेका थिए।

About Author

Advertisement