सुकनाका जे. बी. बस्नेत पत्नीको निधनमा शोकमा

IMG-20251011-WA0115

सुकना: सुकुना साहित्यिक सांस्कृतिक संस्थानका सचिव तथा खस भारतीय हितकारी सम्मेलन सुकुना शाखाका उपाध्यक्ष जे. बी. बस्नेत धर्मपत्नी श्रीमती शान्ता छेत्रीको निधनपछि शोकमा परेका छन्।
धर्मपरायण, मृदुभाषी र शान्त स्वभावकी श्रीमती छेत्री गत ७ अक्टोबर पेटसम्बन्धी रोगका कारण निधन भएकी हुन्। जे. बी. बस्नेतले सामाजिक तथा साहित्यिक काममा उनका साथ र सहयोग सधैं प्रेरणादायी भएको बताएका छन्।
सुकनाका विभिन्न संघ–संस्थाहरूले उनको निधनमा शोक व्यक्त गरेका छन्। स्वर्गीय श्रीमती छेत्रीको अन्त्येष्टि १९ अक्टोबर सुकुना पार्ट–वान स्थित कटुवाल भवनमा हुने परिवारिक स्रोतले जनाएको छ।

About Author

Advertisement