लण्डन: श्रीलंकाले तेस्रो तथा अन्तिम टेस्ट म्याचमा उत्कृष्ट प्रदर्शन गर्दै ईंग्ल्याण्डलाई ८ विकेटले पराजित गऱ्यो। श्रीलंकाको यस जीतमा ओपनर पाथुम निसांकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै अविजित १२७ रन बनाए। तेस्रो टेस्ट हारे पनि इङ्ग्ल्याण्डले तीनवटा म्याचको सीरीज चाहिँ २-१-ले जित्यो। श्रीलंकाको यस यादगार जीतको नायक निसांकाले अविजित शतक बनाएर आयोजक टीमलाई स्तब्ध बनाए। निसांकाले १२४ बल खेलेर १३ वटा चौका र २ वटा छक्का लगाए। यसरी श्रीलंकाले जीतको निम्ति प्राप्त भएको २१९ रनको लक्ष्यलाई सोमवार केवल २ विकेट गुमाएर हासिल गऱ्यो। म्याचको चौथो दिन आफ्नो दोस्रो ईनिंग्समा केवल १ विकेटमा ९४ रन बनाउँदा नै श्रीलंकाको जीत तय लागिरहेको थियो अनि टीमलाई सोमवार म्याचको पाँचौं तथा अन्तिम दिन कुसाल मेण्डिस (३९ रन)-को विकेट गुमाएर पनि लक्ष्य हासिल गर्न असुविधा भएन। प्लेयर अव् द म्याच रहने निसांका र मेण्डिसले दोस्रो विकेटको निम्ति ६९ रनको पार्टनरशीप गरी स्कोर १०८ रनसम्म पुऱ्याए। त्यसपछि निसांकाले एञ्जेलो म्याथ्यूज (अविजित ३२ रन)-सँग तेस्रो विकेटको निम्ति १११ रनको अटूट पार्टनरशीप गरी श्रीलंकाको जीतमा मोहर लगाए। केनिंग्टन ओवल मैदानमा ईंग्ल्याण्डले आफ्नो पहिलो ईनिंग्समा ३२५ रन बनाएको थियो। त्यसपछि श्रीलंकाले २६३ रन बनाउँदा ईग्ल्याण्डलाई पहिलो ईनिंग्सको आधारमा ६२ रनको बढ़त हासिल भएको थियो। त्यसपछि ईंग्ल्याण्डको दोस्रो ईनिंग्स १५६ रनमै समाप्त हुँदा श्रीलंकालाई म्याच जित्न २१९ रनको लक्ष्य प्राप्त भएको थियो। तीनवटा म्याचमा ३७५ रन बनाउनको साथै एक विकेट हासिल गर्ने ईंग्याण्डका जो रुटले प्लेयर अव् द सीरीजको पुरस्कार जिते।









