जैसलमेरः सीमा सुरक्षा बलका जवानहरूले गए बुधवार राती रायसिंहनगर, सेक्टर श्रीगंगानगरसित गाँसिएको भारत-पाकिस्तान अन्तरराष्ट्रिय सीमामा पाकिस्तान तिरबाट आएको ड्रोनमाथि प्रहार गरी ड्रोनलाई ध्वस्त बनाइदिए। त्यसपछि बिहीवार बिहान क्षेत्रमा गरिएको गहन जाँचमा तीन प्याकेट हेरोइन अनि एउटा पाकिस्तानी ड्रोन फेला पारियो।
बीएसएफ राजस्थान फ्रण्टियरको अधिकृत सूत्रले दिएको जानकारी अनुसार यस अपरेशन अवधि लगभग २.३ किलोग्राम ओजन भएको तीन प्याकेट्स हेरोइन फेला परेको छ जसको मूल्य अन्तरराष्ट्रिय बजारमा लगभग १२ करोड़ रुपियाँ रहेको अनुमान लगाइएको छ। जफ्त गरिएको हेरोइनलाई विस्तृत जाँचको लागि सीमा सुरक्षा बलद्वारा सम्बन्धित एजेन्सीलाई सुम्पिइनेछ।
उल्लेख्य, यसपूर्व पनि पाकिस्तानले लगातार रूपमा सीमा पारीबाट ड्रोनको माध्यमबाट मादक पदार्थहरूको तस्करी गर्ने प्रयास गर्दै आइरहेको छ। तर सीमा सुरक्षा बलका सजग र सतर्क जवानहरूले पाकिस्तानको प्रयासलाई असफल बनाइरहेका छन्।
-हिस











