गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत हाल देशभरि नै विभिन्न प्रकारको कार्यक्रम पालन गर्दै आइरहेको छ। यसै क्रममा हर घर तिरङगा अभियानलाई सफल तुल्याउन विभिन्न तह र तप्काबाट पहल शुरू गरिएको छ। सोही प्रकारले सीमा सशस्त्र बल (एसएसबी) ले गेजिङ जिल्ला अन्तर्गत उत्तरे वरिष्ठ माध्यमिक विद्यालयमा आजादीका अमृत महोत्सव कार्यक्रम आयोजना गऱ्यो। एसएसबीका कमाण्डेन्ट दिनेश चन्द्र यादवको निर्देशमा पालन गरिएको यस कारय्क्रममा देन्तामका खण्ड विकास अधिकारी बसन्त मुकाताम मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने यसरी नै कार्यक्रममा विद्यार्थीवर्ग, शिक्षकवर्ग र स्थानीयहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा एक सय विरूवा पनि रोपियो भने हर घर तिरङगामाथि सचेत गराउने उद्देश्यले विद्यार्थीवर्गले एक सचेतना ऱ्याली पनि आयोजना गरेको थियो।









