सीमामा २.७ लाख मूल्यको माछाको अण्डाको साथ व्यक्ति पक्राउ

7544d199-34d4-4bf9-ba05-78ffc5dbec8a

कोलकताः दक्षिण बंगाल सीमान्त अन्तर्गत सीमा चौकी मधुपुर र रानाघाटमा 68औं वाहिनीको बीएसएफ जवानहरूले ठोस सूचनाको आधारमा कारबाही गर्दै माछाको अण्डाहरू भरिएको १० वटा प्लास्टिक ब्याग जफत गऱ्यो तथा एक तस्करलाई पनि रेड ह्याण्डेड पक्राउ गऱ्यो। जफत गरिएको माछाको अण्डाको बजार मूल्य १.५ लाख रूपियाँ छ। पक्रा परेको तस्करको पहिचान अनारूल मण्डलको रूपमा गरिएको छ।

सोधपुछमा उसले जानकारी गरायो, व्यक्ति केरलामा लेबरको काम गर्दछ र १५ दिन अघिमात्र गाउँ फर्केको थियो। उसको गाउँको अति मण्डल शमीम मण्डल र नूर मोहम्मदले उसलाई सजिलै पैसा कमाउने प्रलोभन दियो औं उनीहरूको भनाईमा उसले माछाको अण्डाहरूलाई बांग्लादेश पुऱ्याउन लागेको थियो। अझ् एक अन्य घटनामा सीमा चौकी रानाघाट, ६८औं वाहिनीका जवानहरूले माछाको अण्डा राखिएको आठ वटा प्लास्टिक ब्याग जफत गऱ्यो, जसको अनुमानित दर १.२० लाख रूपियाँ छ। पक्रा परेको तस्कर र जफत माछाको अण्डालाई अघिको कानूनी कारबाहीको निम्ति सम्बन्धित एजेन्सीहरूलाई सुम्पिएको छ।

About Author

Advertisement