जलपाइगढ़ीः भारत-बङ्ग्लादेश सीमामा तैनाथ उत्तर बङ्गाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत १५औं बटालियन बीएसएफको बर्डर आउट पोस्ट (बीओपी) पठानपाड़ाका जवानहरूले तीन बांग्लादेशी घुसपैठीलाई समाएको छ। पक्राउ परेका बङ्ग्लादेशी घुसपैठीको नाम मोहम्मद बिलायत हुसैन (३३) हो। उसलाई उसकी पत्नी र छोराका साथमा पक्राउ गरिएको छ।
बीएसएफले मंगलवार प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएको छ, तीनैजनालाई त्यस समय पक्राउ गरियो, जब उनीहरू आजीविकाको निम्ति अवैध रूपमा सीमा पारी बङ्ग्लादेशबाट भारत पस्ने प्रयास गरिरहेका थिए। उनीहरूबाट बङ्ग्लादेशी रूपियाँ ९००, एक कुरान शरीफ र दुई मोबाइल फोन जफत गरिएको छ। जफत गरिएका समानहरूका साथै पक्राउ परेका तीनै बङ्ग्लादेशीलाई अगाड़िको कारबाहीको निम्ति थानालाई सुम्पिएको छ।
-हिस









