कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचारको जाँच गरिरहेको केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले राज्यमा शिक्षकहरूको ट्रान्सफर पोस्टिङमा पनि भएको भ्रष्टाचारको जाँच जारी राख्नेछ। कलकत्ता हाईकोर्टका न्यायाधीश न्यायमूर्ति अभिजीत गांगुलीले शुक्रवार यो निर्देश दिएका छन्। य़सका साथै उनले भने, ३५० शिक्षकबारे थाहा लागेको छ कि उनीहरूको ट्रान्सफर पोस्टिङको निम्ति घूसको रूपमा ठूलो धनराशि लिइएको छ। आवश्यकता परे केन्द्रिय जाँच एजेन्सीले यी शिक्षकहरूसित पनि सोधपुछ गर्नसक्छ।
वस्तुतः नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका प्राथमिक शिक्षा परिषदका पूर्व अध्यक्ष माणिक भट्टाचार्यसित सीबीआई टीमले सोधपुछ गरेको थियो। जेलमा उनीसित भएको सोधपुछपछि जुन शिक्षकहरूलाई वैध तरीकाले नियुक्त गरिएको थियो, उनीहरूलाई इच्छानुसार पोस्टिङ दिनको निम्ति पनि ठूलो धनराशि असूली गरिएको रिपोर्ट कोर्टमा पेश गरिएको छ। यस मामिलामा शुक्रवार सुनवाई गर्दै न्यायाधीशले भने, सीबीआईले यस मामिलाको जाँच जारी राख्नेछ।
वस्तुतः २०२० मा प्राथमिक शिक्षकहरूको नियुक्तिपछि उनीहरूको ट्रान्सफर पोस्टिङमा व्यापक स्तमरा भ्रष्टाचारको आरोप लागेको थियो। यस सम्बन्धमा गत २५ जुलाईमा न्यायमूर्ति गांगुलीले सीबीआईलाई जाँचको निर्देश दिएका थिए औं त्यही रात प्रेसीडेन्सी जेलमा गएर माणिकसित सोधपुछ गर्नलाई भनेका थिए। यस विरूद्ध माणिकले सुप्रीम कोर्टमा याचिका लगाएका थिए तर सर्वोच्च न्यायालयले हाईकोर्टको फसेलामा हस्तक्षेप नगर्ने स्पष्ट गऱ्यो। उसले मामिलालाई पुनः जस्टिस गांगुलीको पीठमै पठाएको थियो, जहाँ शुक्रवार न्यायाधीशले उक्त निर्देश दिएका छन्।











