सीपीए जोन ३-को बैठकमा विधानसभा उपाध्यक्ष साङ्गे लेप्चाले जना सहभागिता

IMG-20230605-WA0448.jpg

गान्तोक: सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चाले आज त्रिपुरा विधानसभामा आयोजित राष्ट्रमण्डल संसदीय संघ भारत क्षेत्र अञ्चल-३-को कार्यकारी समितिको बैठकमा सहभागिता जनाए। यस अवधि उनीसँग सिक्किम विधानसभाका सचिव, विशेष सचिव अनि उप-सचिव साथमा रहेका थिए।

अरुणाचल प्रदेश विधानसभाका अध्यक्ष एवं सीपीए जोन ३-का अध्यक्ष पासाङ डी. सोनाको अध्यक्षतामा यो बैठक सम्पन्न भयो। बैठकमा पूर्वोत्तर राज्यहरूका विधानसभा अध्यक्ष, उपाध्यक्ष अनि सचिवहरूको उपस्थिति रहेको थियो। बैठकमा छलफलपछि राष्ट्रमण्डल संसदीय संघ भारत अञ्चल ३-को आगामी २०औं बैठक मेघालय विधानसभामा आयोजन गरिने तय गरियो। त्रिपुराका मुख्यमन्त्री प्रोफेसर डा. मानिक शाह अनि विधानसभा अध्यक्ष विश्व बन्धु सेनले सबै प्रतिनिधिहरूलाई हार्दिकताको साथ स्वागत जनाएका थिए।

About Author

Advertisement