सीपीआईएम द्वारा सिलगढीमा खाद्य आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जलि

सिलगढी: ३१ अगस्त १९५९ मा खाद्य मन्त्रीलाई हटाउने र खाद्यको माग गर्न कोलकाताको सहिद मीनार मैदानमा लाखौँको संख्यामा मानिसहरू भेला भएका थिए। यसपछि कोलकाताको महाकरण भवनतर्फ गइरहेको समय शान्तिपूर्ण जूलुसलाई पुलिसले लाट्ठी चार्ज गर्दा धेरैजना मानिसहरूको मृत्यु भएको थियो भने अन्य धेरैजना घाइते भएका थिए। यसैले गर्दा सीपीआईएम-ले आजको दिनलाई सहिद दिवसको रूपमा पालन गर्ने गर्दछ। राज्यभरिमा झैं सिलगढीमा पनि सीपीआईएमको तर्फबाट आज सहिद दिवस पालन गरियो। यस अवसरमा सीपीआईएम का शीर्ष नेता अशोक भट्टाचार्य, जीवेश सरकार, समन पाठक, शरदिन्दू चक्रवर्ती लगायत अन्य नेतृत्वहरूले आज सहिद वेदीमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।

About Author

Advertisement