सीपीआईएमको उम्मेद्वार उत्तम शर्माले बुझाए नामांकन पत्र

IMG-20260406-WA0099

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि माक्सवादी कम्युनिष्ट पार्टी सीपीआईएमको उम्मेद्वार उत्तम शर्माले आफ्नो नामांकन पत्र बुझाएका छन्। नामांकन पत्र भर्ने अन्तिम दिन सीपीआईएमको तर्फबाट खरसाङको तीनधारे निवासी उत्तम शर्माले आफ्नो नामांकन पत्र खरसाङ महकुमा शासकलाई बुझाएका छन्। आफ्नो नामांकन पत्र बुझाएपछि खरसाङमा पत्रकार सम्मेलन गरेर उम्मेद्वार उत्तम शर्माले यसपालीको विधानसभा चुनावमा माकपाले बंगालभरि नै आफ्नो प्रार्थी उठाएको र यसै क्रममा पहाडमा पनि उम्मेद्वार उठाएको र खरसाङ विधानसभा समष्टिको लागि आफुले नामांकन पत्र बुझाएको बताएका छन्। उनले पहाडमा भाजपा र तृणमूल कांग्रेसका समर्थक राजनीतिक दलहरु मात्रै रहेको र माकपाले दुवै पार्टीको विकल्पको रूपमा खडा भएको जानकारी गराएका छन्। उम्मेद्वार उत्तम शर्माले आफ्नो चुनाव प्रचार आईतबार मिरिक क्षेत्रबाट शुरु गरिएको र चुनाव प्रचार लगातार जारी रहने बताए। उनले हामी पहाडको स्थायी समाधान चाहान्छौं भन्दै हामी पहाडमा स्वायत्ता शासन चाहान्छौं जुन अधिक शक्तिशाली र राम्रो व्यवस्था होस् भनी बताएका छन्। यस पत्रकार सम्मेलनमा माकपा दार्जिलिङ जिल्ला सचिव एवं पूर्व सांसद समन पाठक, माकपाको उम्मेद्वार उत्तम शर्मा, जिल्ला सचिव मण्डलीय सदस्य सचिन खाती, खरसाङ क्षेत्रका सचिव चेतन गुरुङ र दिपक सुनुवार उपस्थित रहेका थिए।

About Author

Advertisement