सीनियर एशियन कुश्ती च्याम्पियनशीपमा सुुजीत र अभिमन्युले जिते स्वर्ण पदक

IMG-20260412-WA0010

नयाँ दिल्ली: सीनियर एशियन कुश्ती च्याम्पियनशीप २०२६-मा वर्ल्ड अण्डर-२३ च्याम्पियन सुजीत र अभिमन्युले पुरुषहरूका फ्रीस्टाइल वर्गको आ-आफ्नो फाइनलमा जीत हासिल गरी भारतलाई स्वर्ण पदक दिलाए। किर्गिस्तानको बिश्केकमा जारी प्रतियोगितामा सुजीतले पुरुषहरूका ६५ किग्रा फ्रीस्टाइल फाइनलमा उज्बेकिस्तानका उमिदजोन जलोलोवलाई ८-१-ले पराजित गरे। यसको साथै उनी बजरंग पूनिया (साल २०१९) पछि यस भार वर्गमा एशियन च्याम्पियनशीप स्वर्ण पदक जित्ने पहिलो भारतीय बने। २३ वर्षीय भारतीय पहलवानले धीमा शुरुवातपछि असाधारण प्रदर्शन गर्दै जीत हासिल गरे। सुजीतले स्वर्णिम सफलता हासिल गरेको केही मिनटपछि अभिमन्युले भारतको खुशीलाई दोब्बर पारे। उनले पुरुषहरूका ७० किग्रा फ्रीस्टाइल फाइनलमा ०-२-ले पछाड़िएपछि असाधारण पुनरागमन गर्दै मंगोलियाका तुलगा तुमुर ओचिरलाई ५-३-ले पराजित गरे। सन्दीप मानसँग भारतको निम्ति स्वर्ण पदकको ह्याट्रिक पूरा गर्ने मौका थियो तर पुरुषहरूका ७९ किग्रा वर्गको फाइनलमा उनले १-२-ले हारको सामना गर्नु पऱ्यो। यसअघि अंकुशले जापानका फुगा सासाकीलाई ८-२-ले पराजित गरी पुरुषहरूका ५७ किग्रा फ्रीस्टाइल वर्गमा काँस्य पदक जिते। भारतले प्रतियोगितामा २ वटा स्वर्ण, ४ वटा रजत र ८ वटा काँस्य पदक जितिसकेको छ। प्रतियोगिताको अन्तिम दिन भारतसँग अझ २ वटा स्वर्ण पदक जित्ने मौका रहेको छ। पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने अमन (पुरुषहरूका ६१ किग्रा फ्रीस्टाइल) र मुकुल दहिया (पुरुषहरूका ८६ किग्रा फ्रीस्टाइल)-ले फाइनलमा स्थान बनाएका छन्।

About Author

Advertisement