सीएसके-विरुद्ध एलएसजी-को ७ विकेटले एकतर्फी जीत

IMG-20260515-WA0134

लखनऊ: आईपीएल २०२६-को ५९औं म्याचमा लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-ले चेन्नई सुपर जाइण्ट्स (सीएसके)-विरुद्ध ७ विकेटले जीत हासिल गऱ्यो। आईपीएलको जारी सीजनमा प्लेअफ्-को रेसबाट अगावै बाहिर हुने एलएसजी यस जीतपछि पनि १२ वटा म्याचमा ८ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको दशौं तथा अन्तिम स्थानमा कायम रह्यो। यसरी लगातार ३ वटा जीतपछि हारको सामना गर्ने सीएसके १२ वटा म्याचमा १२ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा छैटौं स्थानमा रहेको छ। शुक्रवार खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै सीएसके-ले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो। निराशाजनक शुरुवातपछि सीएसके-लाई कार्तिक शर्माको अर्द्धशतकले हेर्न लायकको स्कोरसम्म पुऱ्यायो। कार्तिकले ४२ बलमा ६ वटा चौका र ५ वटा छक्काको सहायताले ७१ रन बनाए। यसबाहेक शिवम दुबेले अविजित ३२, डेवाल्ड ब्रेविसले र सञ्जु सेमसनले २० रनको योगदान दिए। एलएसजी-का बलरहरूमा आकाश सिंहले सर्वाधिक ३ विकेट लिए। जवाफमा एलएसजी-ले १६.४ ओभरमै ३ विकेटमा १८८ रन बनाएर म्याच जित्यो। एलएसजी-को यस एकतर्फी जीतमा ओपनर मिचेल मार्शको महत्त्वपूर्ण योगदान रह्यो, जसले सर्वाधिक ९० रन बनाए। मार्शले ३८ बल खेलेर ९ वटा चौका र ७ वटा छक्का लगाए। मार्श र जोश ईंग्लिशले पहिलो विकेटको निम्ति ७० बलमा १३५ रनको पार्टनरशीप गरे। ईंग्लिशले ३६ रनको योगदान दिए। मुकेश चौधरीले पछिबाट मार्श र ईंग्लिशको विकेट एकै ओभरमा लिए पनि एलएसजी-लाई म्याच जित्न समस्या भएन। निकोलस पूरनले अविजित ३२ रन बनाएर जीतको औपचारिकता पूरा गरे। उनले १७ बल खेलेर ४ वटा छक्का र एउटा चौका लगाए। अब्दुल समदले ७ र मुकुल रोयले अविजित १३ रन बनाए।

About Author

Advertisement