सिटीजन एक्सन पार्टीले गऱ्यो चुनाउबारे समीक्षा सभा

IMG-20240422-WA0211.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमले विगत चुनाव सन्दर्भ केन्द्रिय कार्यकारिणी समितिको एक समिक्षात्मक बैठक पार्टी मुख्यालयमा आयोजना गऱ्यो।

पार्टी अध्यक्ष तथा पार्टीका लोकसभा उम्मेद्वार भरत बस्नेतको अध्यक्षतामा मुख्यमन्त्री पदका उम्मेद्वार गणेश राई,संसदीय काउन्सिल अध्यक्ष एलपी काफ्ले लगायत यस वर्ष विधान सभामा प्रतिष्पर्धा गरेका उम्मेदावरहरूको उपस्थिति रहेको थियो। सभामा स्वाग्त सम्बोधन गर्दै गर्दै

लाक्पा शेर्पालेमानेबुङ देन्तामका उम्मेद्वार प्रकाश पराजुली,तथा अन्य धेरै निर्वाचन क्षेत्रका उम्मेद्वारहरुले हिजो चुनावी माहोलमा गाउँमा देखापरेका अनुभुतिबारे सभालाई अवगत गराए।पार्टीका अन्य नेताहरूले समेत सभालाई सम्बोधन गरेका थिए।

पार्टीका संस्थापक अध्यक्ष एलपी काफ्लेले सभालाई सम्बोधन गर्दै चुनावी माहोलदेखि चुनाव प्रचार प्रसार सम्मको गतिविधिबारे अवगत गराए।

पार्टी अध्यक्ष भरत बस्नेतले आगामी मतगणनाले सिक्किमको राजनीतिमा नयाँ आयाम दिने सक्ने सम्भावना व्यक्त गरे। लोकतान्त्रिक प्रणालीमा जनताको अपार सहभागिता र नयाँ सुधारको सन्देश बोकेको पार्टीले बहुमत प्राप्त गर्ने आशा व्यक्त गरे।आफू निर्वाचित बनेको खण्डमा समग्र सिक्किमेको पक्षमा समर्पित बनेर मातृ भुमिको निम्ति सबैलाई न्याय दिलाउने वाचा उनले पुनः दोहोर्याए।

पार्टीका मुख्यमन्त्री पदका उम्मेद्वार गणेश राईले सबैलाई सम्बोधन गर्दै यसपटक नयाँ नौलो सन्देश सिक्किमलाई दिएको र चुनाव मतगणनामा पार्टीले अद्वितीय सफलता प्राप्त गर्नसक्ने सिक्किमे जनताले संकेत गरेको बताए। आफू केवल चारवटा समष्टिमा मात्रै चुनाव प्रचार गर्न भ्याएको औ अन्य क्षेत्रमा जान नसकेको बताउँदै राईले सत्ताले चुनावमा बगाएको करोडौं रूपियाँको निन्दा गरे। सबै उम्मेद्वारहरु पार्टीको निति र सिद्धान्तमा अटल भएर बस्ने औ आजैदेखि समग्र सुधारको पक्षमा काम आग्रह गरे।

About Author

Advertisement