सीएपी महिला परिषदको चिया गफ

n6390767421731524267748dd9f8274a20047cdd7271463924fc34b915d73ceec552dd197f55d76f3e80da1

गान्तोक: आज, बुधवारको दिन महिला केन्द्रिय कार्यकारिणी उपाध्यक्ष प्रभारी सुमती छेत्रीको बासस्थानमा ‘चिया गफ’ कार्यक्रम आयोजना गऱ्यो।सुमती छेत्रीकै अध्यक्षता आयोजित उक्त कार्यक्रममा हालैमा पार्टीद्वारा मनोनीत सम्पूर्ण महिला नेताहरूको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार, कार्यक्रममा पार्टीको आगामी कार्यक्रम साथै राजनीतिमा महिलाको भूमिकाबारे गहिरो चर्चा परिचर्चा गरियो। अबउसो पार्टीको हरेक कार्यक्रममा महिलाहरूको उपस्थिति रहनुपर्ने विषयमा पनि छलफल भयो। महिलाहरूले विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति दिएर राज्यलाई प्रतिनिधित्व दिइरहेको समय राजनीतिमा पनि चासो बढाउन आवश्यक परेक‍‍ो बैठकले महसुस गऱ्यो। बैठकमा कार्यकारिणी उपाध्यक्ष सन्जु राई, अध्यक्ष महिला परिषद् बिना शर्मा, युवालाई प्रतिनिधित्व गर्दै इडु छिरिङ केल्योन, उपाध्यक्ष महिला परिषद दीलमति लिम्बू ,उपाध्यक्ष महिला परिषद् संगमित लेप्चा साथै उपाध्यक्ष गेजिङ जिल्ला अन्जु शर्मा उपस्थित थिए।

About Author

Advertisement