सिस्टमको कुरा गर्नेहरूले पहिला पार्किङ बनाएर देखाउँ: विवेक तामाङ

Screenshot_20230507_011434_WhatsApp.jpg

दार्जीलिङ: सिस्टमको कुरा गर्नेहरूले पहिला पार्किङ बनाएर देखाउँ भन्ने यो मन्तव्य हाम्रो पार्टी खरसाङ महकुमा समिति प्रबक्ता विवेक तामाङले पोखेको हो। गाडीधूराको सर्वजनिक भवनमा आज हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो।आयोजित सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँ, लगायत हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ आदि उपस्थित रहेका थिए।आयोजित सभामा एक सय भन्दा धेर परिवारहरूले हाम्रो पार्टीमा सामेल भए। दार्जीलिङ, खरसाङ, मिरिक अनि कालेबुङमा समेत पार्किङको ब्यवस्था छैन, गाडीको समेत सिस्टम छैनन। दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङमा पार्किङ बनाएर देखाउँ भनेर आफ्नो सम्बोधनमा तिनले भने।

About Author

Advertisement