खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको मोहित भुजेल कार्निभल आईडल २०२२ को फाइनलमा पुग्न सफल बनेका छन्। सिविटार चियाबारी निवासी मिलन भुजेल अनि चन्द्रिका भुजेलको सुपुत्र मोहित भुजेल आज दार्जिलिङमा सम्पन्न कार्निभल आईडल २०२२ को सेमी फाइनलमा २० जना प्रतियोगीहरूमा एकजना थिए। उनले २० जना प्रतियोगीहरूमा टप १० मा प्रवेस गरेका छन् भने टप १० बाट नै कार्निभल आईडल २०२२ को फाइनल हुने जानकारी प्राप्त भएको छ। मोहित भुजेल पहिलेबाटै तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज सिजन २ को विजेता हुन्। उनले आफ्नो धेरै गीतहरू अनलाइन रुपमा सार्वजनिक गरिसकेका छन्। दार्जीलिङको कार्निभल म्यूजिकल ब्याण्डले आफ्नो ५० औं वार्ष गाँठको उत्सव मनाउँदै गत १४ मईदेखि सुरु गरेका कार्निभल आइडलको सेमी फाइनल आज दार्जिलिङमा सम्पन्न भएको छ। २० जना प्रतियोगीहरूलाई लिएर कार्निभल आइडलको सेमी फाइनल प्रतियोगिता सम्पन्न गर्ने भएको छ। यस प्रतियोगिताको फलाफलको घोषणा भएपछि १० जना कार्निभल आईडलको फाइनलमा प्रवेस गरेका छन्।









