सिविटार चियाबारीकी साइना छेत्रीले विज्ञान विषयमा प्राप्त गरिन् ८१.८ प्रतिशत अंक

IMG-20250509-WA0124

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारी निवासी साइना छेत्रीले यसपालीको उच्च माध्यमिक परीक्षामा विज्ञान विषयमा ८१.८ प्रतिशत अंक ल्याएर आफ्नो परिवार र गाउँ समाजलाई नै गौरवान्वित तुल्याएकी छन्। सिविटार चियाबारीको बुमथिङ्ग डाँडा निवासी पिता सञ्जय (सञ्जन) छेत्री र माता अञ्जु छेत्रीकी सुपुत्री साइना छेत्रीले यस वर्षको उच्च माध्यमिक परीक्षामा विज्ञान विषयमा जम्मा ४०९ अंकसहित ८१.८ प्रतिशत ल्याएर प्रथम दर्जामा उत्तीर्ण भएकी छन्। उनले खरसाङको‌ पुष्पारानी उच्चत्तर माध्यमिक विद्यालयबाट विज्ञान विषयमा ८१.८ प्रतिशत अंक ल्याएर विद्यालयमा दोस्रो टप्पर बनेकी छन्।‌ चियाबारीकी छोरी साइना छेत्रीले उच्च माध्यमिक परीक्षामा नेपाली भाषामा ८४, अंग्रेजीमा 90, रसायन विज्ञानमा ७५, गणितमा ७०, भौतिक विज्ञानमा ८० र जीव विज्ञानमा ८० अंक गरी जम्मा ४०९ अंक प्राप्त गरेकी छन्। उनले आफ्नो भावी पढाई विज्ञानको कुनै विषयमा सम्मान लिएर सिलगढीमा‌ पढ्ने योजना रहेको जानकारी गराएकी छन्।‌

About Author

Advertisement