सिलगढी: सिलगढी पुलिस कमिश्नरेटअन्तर्गतका पुलिस टोलीले विभिन्न समयमा हराएका ५० वटा मोबाइल फोन बरामद गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
सिलगढी थाना, खालपाडा आउटपोस्ट र पानीट्याङ्की आउटपोस्टको संयुक्त पहलमा सञ्चालित विशेष अनुसन्धान तथा निरन्तरको प्रयासबाट ती मोबाइलहरू फेला पारिएको हो। पुलिसका अनुसार आवश्यक छानबिन र प्रशासनिक प्रक्रिया पूरा गरी बरामद गरिएका सबै फोनहरू वास्तविक धनीको जिम्मा लगाइएको छ।
जनहित र नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै छिटो-छरितो सेवा दिन सिलगढी पुलिस प्रतिबद्ध रहेको कमिश्नरेटले जनाएको छ।









