सिलगढी: सिलगढी हिन्दी गर्ल्स हाई स्कूलको स्वर्ण जयन्तीको अवसरमा विद्यालयका छात्राहरूले रंगारंग कार्यक्रम आयोजना गरेका थिए। सिलगढी हिन्दी गर्ल्स हाई स्कूलले १६ अगस्त बुधबार ५० वर्ष पूरा गरेको छ। सो अवसरमा विद्यार्थीहरूले र्याली तथा रंगारंग साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए।

कार्यक्रमको उद्घाटन मेयर गौतम देवले गरेका थिए। सो अवसरमा विद्यालयका छात्राहरूले शहरमा भव्य र्याली निकालेका थिए। जसमा विद्यालयका शिक्षक तथा छात्राहरूको समेत सहभागिता रहेको थियो।

र्यालीमा बालबालिकाहरूको समेत सांस्कृतिक कार्यक्रममा सहभागिता रहेको थियो।









