सिलगढी। आज सिलगढी विधान मार्केट व्यवसायी समितिको चुनाउ सम्पन्न भयो। आज बिहान ८ बजीदेखि भोट शुरु भएपछि साँझ ६ बजीसम्म चल्नेछ। चुनाउलाई केन्द्र गरेर व्यवसायीहरूमा उत्साह माहौल देखा पऱ्यो। प्राप्त जानकारीअनुसार प्रत्येक ३ वर्षको अन्तरालमा विधान मार्केट व्यवसायी समितिको चुनाउ सम्पन्न हुने गरे तापनि कोरोना परिस्थितिले गर्दा यसपल्ट ४ वर्षपछि चुनाउ सम्पन्न भइरहेको छ। विधान मार्केट व्यवसायी समितिको भोटको मोठ संख्या १ हजार ६ सय ७२ रहेको छ भने तीमध्ये महिला भोट संख्या ३५० जना रहेको छ। चुनाउ प्रक्रिया चाँडै सम्पन्न गराउने उद्देश्य लिएर १२ वटा बुथ बनाइएको छ भने चुनाउमा ४३ जना प्रार्थीहरू खडा भएका छन्। चुनाउमा पहिला २१ जना उम्मेद्वारलाई विजेता मानिनेछ। यस विषयमा निर्वाचन कमिशनको तर्फबाट परिमल मित्रले भने, शान्तिपूर्ण रुपमा चुनाउ प्रक्रिया सम्पन्न भइरहेको छ।









