सिलगढी महाक्मा खेल परिषदको ७५औँ वार्षिकोत्सवको उपलक्ष्यमा डे–नाइट फर्स्ट डिभिजन फुटबल लिगकाे आयोजना

IMG-20230529-WA0193.jpg

सिलगढी: सिलगढी महकुमा खेल परिषदको ७५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ३१ मई कञ्चनजङ्घा स्टेडियममा फर्स्ट डिभिजन फुटबल लिगको २ सेमिफाइनल र १ फाइनल डे-नाइट मैचकाे आयोजना गरिने छ। सिलगढी डिभिजनल स्पोर्ट्स काउन्सिलको हलमा आयोजित पत्रकार सम्मेलनमा संगठनका सचिव कुन्तल गोस्वामी ले यस वर्षको पहिलो डिभिजनका फुटबल मैचहरु स्टडियममा आयोजना गरिने बताए। प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहने छ भने १ फाइनल र २ सेमिफाइनल मैच राति हुनेछ। कुन्तल गोस्वामीले भने कि यो वर्ष सिलगढी विभागीय खेल परिषदको ७५औं वर्ष हो। यस वर्षलाई स्मरणीय बनाउन ७५औँ वर्षमा वर्षभरि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ।

About Author

Advertisement