राजगञ्ज: आज छठ पुजा हो।छठ पुजाको रौनक,तयारी चलिरहेको छ।सिलगढीको फुलबारी महानन्दा ब्यारेजमा पनि छठपुजा घाटको तयारी चलिरहेको छ। केही घण्टापछि छठपुजाको आयोजना गरिन्छ। विभिन्न ठाउँहरूमा झैँ यता सिलगढी संलग्न फुलबारी महानन्दा ब्यारेजमा पनि जोडतोडले अस्थायी रूपमा छठघाटको निर्माण कार्य चलिरहेको छ। छठघाट तयार गर्नमा व्यस्त रहेका रोहित साहाले बताए अनुसार फुलबारी महानन्दा नदी किनारमा छठघाटको तयारी गरिरहेका छौं। उक्त इलाकामा लगभग २०० जना मानिसहरूले छठपुजाको लागि घाट तयारी गरिरहेका छन्। ग्राम पञ्चायतको तर्फबाट छठघाटहरूमा बिजुलीबत्तीको व्यवस्था गरिदिएको छ। आज साँझदेखि छठव्रतीहरू लगायत धेरै संख्यामा मानिसहरूको भीड देखिने तिनले बताए।










