सिलगढी पुलिसद्वारा अवैध रक्सी धन्दा विरुद्ध ठुलो कारबाही

d21b239f-7bc4-4405-bb94-5125e5fbf380

२३ जून: सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत पर्ने ‘भोरर आलो’ थानाको गजल्डोबा आउटपोस्टको एउटा पुलिस टोलीले आबकारी विभागसँग मिलेर आज सरस्वतीपुर चिया कमानमा अवैध रक्सी बनाउने अनि बेच्नेहरू विरुद्ध एउटा ठुलो संयुक्त अभियान चलायो। यस छापामारीको क्रममा अवैध रक्सी तयार पार्न राखिएका भारी मात्रामा कच्चा पदार्थ, फर्मेन्टेशन युनिट (जाँड कुहाउने भाँडाहरू), रक्सी पार्ने मेशिन र अन्य सरसामानहरू फेला पारियो। पुलिसले ती सबै सामानहरू जफत गरी मौकामै नष्ट गरिदिएको छ। जफत अनि नष्ट गरिएका यी सामग्रीहरूको अनुमानित मूल्य करिब १० लाख रुपियाँ रहेको बताइएको छ।
​अवैध रक्सीको जालोलाई तोड्न, अखाद्य रक्सीको ओसारपसार रोक्न अनि जनस्वास्थ्यको रक्षा गर्न सिलगढी पुलिसले लगातार यस्ता अभियानहरू चलाउँदै आएको छ र यो कारबाही पनि त्यसैको एउका हिस्सा हो। अवैध रक्सीले मानिसको ज्यान जोखिममा पार्ने मात्र नभएर समाजमा विभिन्न आपराधिक अनि सामाजिक विकृतिहरू पनि निम्त्याउने हुनाले यस विरुद्ध यस्तै कडा कदम चाल्नु अति नै आवश्यक भएको पुलिसको भनाइ छ।

About Author

Advertisement